ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच न्युयोर्कमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच न्युयोर्कमा भेटवार्ता

नेपालखबर
असोज १, २०८० सोमबार ६:२७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। उनीहरूबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भटवार्ता भएको हो। 

एन्टोनियो गुटेरेससँगको भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका छन्।

महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको छ। 

साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि  प्रधानमन्त्री प्रचण्ड र महासचिव  गुटेरेसबीच छलफल भएको  छ।

महासभामा सहभागी हुन शनिबार साँझ अमेरिका प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आइतबार न्युयोर्क पुगेको थियो।

प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ.केनेडि इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर थापाले स्वागत गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डले आगामी बिहीबार महासभालाई सम्बोधन गर्ने छन्। त्यसपछि प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .