ad ad

राजनीति


न्यायपालिकाले थालनी गरेको सुधारप्रति विश्वस्त हुन प्रधानन्यायाधीशको आग्रह

न्यायपालिकाले थालनी गरेको सुधारप्रति विश्वस्त हुन प्रधानन्यायाधीशको आग्रह

नेपालखबर
असोज ३, २०८० बुधबार १०:८, काठमाडौँ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले थालनी गरेको सुधारप्रति विश्वस्त हुन नागरिकलाई आग्रह गरेका छन्। 

संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानन्यायाधीश श्रेष्ठले नेपालको संविधान लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, साँस्कृतिक रूपान्तरणको दस्तावेज भएको पनि उल्लेख गरेका छन्।

न्यायपालिकाले थालनी गरेको सुधारप्रति विश्वस्थ हुन र सो कार्यमा आ आफ्नो स्थानबाट सहयोग पुर्याउनसमेत उनले सबैमा हार्दिक अपिल गरेका छन्। 

संविधानले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका साथै सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्य लिएको चर्चागर्दै शुभकामना सन्देशमा श्रेष्ठले भनेका छन्, ‘संविधानवाद, न्याय र समानता प्रस्तुत संविधानको मूल आत्माको रूपमा रहेको छ। राज्यका सबै निकायको संविधानको मर्म र भावना अनुरूपको सोच, दृष्टिकोण र व्यवहारबाट नै संविधानको सहीरूपमा कार्यान्वयन हुनसक्छ।’

आज नेपाली जनताले आफ्ना प्रतिनिधि रहेको संविधानसभामार्फत संविधान निर्माण गर्ने लामो समयदेखि राखेको चाहना पूरा भएको दिन र संविधान निर्माणको प्रक्रिया तथा संविधानमा अन्तर्निहित विषयवस्तुका दृष्टिकोणबाट पनि नेपालको संविधानको विशिष्ट महत्व रहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .