संविधान दिवसका दिन राप्रपा नेपालले गरेको विरोध प्रदर्शनबाट विभिन्न जिल्लामा गरी १० जना नेता कार्यकर्ता पक्राउ परेका छन्।
राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना तथा संघीयताको खारेजीको माग राखि राप्रपा नेपालले विरोध प्रदर्शन गरेको हो।
त्यसक्रममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको प्रतिक बनाएर राप्रपा नेपालले ठाउँ ठाउँमा पुत्ला दहन समेत गरेको थियो।
प्रदर्शनमा विभिन्न जिल्लाहरुमा प्रहरी प्रशासनले धरपकड र हस्तक्षेप गरेको भन्दै राप्रपा नेपालले आपत्ति जनाएको छ।
काठमाडौंमा पार्टीका जिल्ला अध्यक्ष श्याम घिमिरे, सहायक महामन्त्री धनबहादुर थापा, ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव आनन्द रिसाल, केन्द्रीय सदस्य कृष्ण कार्की पक्राउ परेका छन्।
यस्तै, हेटौंडामा पार्टी जिल्ला सचिव भृगु कार्की सहित रमेश चौँलागाई, रोम सापकोटा, नवराज अधिकारी, कृष सापकोटा र कृष्चल सापकोटालाई प्रहरीले पक्राउ गरेको प्रवक्ता बसन्तमान सिंह अधिकारीले जनाएका छन्।
Shares
प्रतिक्रिया