ad ad

राजनीति


प्रमुख राजनीतिक दल र सञ्चारमाध्यमलाई कमल थापाले लगाए गम्भीर आरोप

प्रमुख राजनीतिक दल र सञ्चारमाध्यमलाई कमल थापाले लगाए गम्भीर आरोप

नेपालखबर
असोज ४, २०८० बिहिबार १३:४८, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालका प्रमुख राजनीतिक दल र सञ्चारमाध्यमलाई गम्भीर आरोप लगाएका छन्। 

देशमा राजसंस्था पुनःस्थापनाको औचित्य पुष्टि गर्न उनले प्रमुख राजनीतिक दलका शीर्ष नेता र मिडियालाई विदेशी पैसाका लागि स्वाभिमान र आत्मसम्मान बेचिरहेको आरोप लगाएका हुन्। 

पार्टीको एकता महावधिवेशनमा राजेन्द्र लिङ्देनसँग हार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वबाट बाहिरिएपछि राजा र राजसंस्थाको एजेन्डा छाडेको घोषणा गर्दै राप्रपा नेपाल पुनः गठन गरेका थापा पछिल्लो समय राजतन्त्र पुन:स्थापनाकै एजेन्डामा फर्किएका छन्।

त्यसैको कारण बताउने क्रममा उनले प्रमुख राजनीतिक दलका शीर्ष नेता र स्थापित सञ्चारमाध्यमविरुद्ध आक्षेप लगाएका हुन्।     

‘राजाप्रतिको मेरो गुनासो, असन्तुष्टि आफ्नो ठाउँमा छ। तर, जब देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू र कतिपय चल्तीका आमसञ्चार माध्यमहरू समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई विदेशीको पैसासँग साटिरहेको देख्छु, म अत्यन्त चिन्तित हुन्छु’, बिहीबार थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .