ad ad

राजनीति


हुम्ला हुँदै मानसरोवर जानेगरी चीनसँग सैद्धान्तिक सहमति भइसक्यो : प्रधानमन्त्री

हुम्ला हुँदै मानसरोवर जानेगरी चीनसँग सैद्धान्तिक सहमति भइसक्यो : प्रधानमन्त्री

नेपालखबर
असोज ११, २०८० बिहिबार १८:५८, काठमाडौँ

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोवरको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन्।

बिहीबार कैलाश पर्वत र मानसरोवर क्षेत्रको स्थलगत अवलोकन गरी उनले नेपाली, भारतीय र अन्य देशका पर्यटकहरूले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भइसकेको जानकारी दिए। 

प्रधानमन्त्री  प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर–दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने जानकारी समेत दिए।

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोबर करिब २ सय ५० किलोमिटर टाढा रहको छ भने नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल चीन सीमानाबाट भने ७० किलोमिटर टाढा रहेको छ। 

सिमकोटबाट कैलाश मानसरोबर जान अहिले सडक संजाल जोडिएको भएपनि सडकको ट्रयाकमात्रै खोलिएकाले यात्रा गर्न असहज रहेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो सडकको गुणस्तर वृद्धि गर्ने काम छिट्टै अघि बढाइने जानकारी दिए।

कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोबर ताल रहेको छ। 

मानसरोवर ताल पनि हिन्दूहरूका लागि पवित्र तिर्थस्थल हो। कैलाश पर्वतमा बस्ने महादेवले यही मानसरोबर तालमा स्नान गर्ने गर्दछन भने हिन्दु धर्मावलम्बीहरूको जनविश्वास रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .