कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मूल्यवृद्धि र कलोबजारी कडाइका साथ नियन्त्रण गर्ने गरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।
बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएको जनगुनासो बढेको भन्दै कार्यवाहक प्रधानमन्त्री खड्काले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे जानकारी समेत लिँदै उक्त निर्देशन दिएका हुन्।
बैठकमा अहिलेसम्म बजार अनुगमनको समीक्षा हुनुका साथै बजार अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
बैठकमा कार्यवाहक प्रधानमन्त्री खड्काले खासगरी दैनिक उपभोग्य समानको अभाव हुन नदिन, कलोबजारी तथा अस्वभाविक मूल्यवृद्धि रोक्ने गरी प्रभावकारी अनुगमन बढाउन आग्रह गरे।
अहिलेको बजार अनुगन बढाउन र त्यसलाई थप प्रभावकारी बनाउन संघीय सरकार थप सहयोग गर्न तयार रहेको भन्दै बजार अनुगमनको काममा प्रदेश र स्थानीय सरकारलाई समेत समन्वय गराएर जान पनि उनले अधिकारीहरुलाई निर्देशन दिए।
कार्यवाहक प्रधानमन्त्री खड्काले हरेक दिन के कति बजार अनुगमन भयो र दोषी देखिएकालाई के कारबाही भयो भनेर जनताले जानकारी पाउने गरी सूचना दिने प्रबन्ध मिलाउन पनि सम्बन्धित अधिकारीलाई आग्रह गरे।
Shares
प्रतिक्रिया