प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैछन्।
केही बेरमा बस्ने भनिएको उक्त बैठकमा दाहालले सम्बोधन गर्दै आफ्नो संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता र उत्तरी छिमेकी चीन भ्रमणबारे जानकारी दिने भएका छन्।
त्यसैगरी उनले सुन तस्करी प्रकरणबारेमा आइतबारै बसेको मन्त्रिपरिषद्ले गरेको उच्चस्तरी छानबिन आयोग गठनको पनि जानकारी दिने भएका छन्।
सरकार र प्रमुख प्रतिपक्षी दलहरुबीच आइतबार भएको छलफलले नेपालमा भइरहेको सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने सहमति गरेको थियो। त्यही अनुसार सरकारले आइतबारै चार सदस्यीय आयोग बनाइसकेको छ।
15
Shares
प्रतिक्रिया