ad ad

राजनीति


प्रधानमन्त्रीको चीन भ्रमण धुमधामको गुमनाम : सांसद पन्त

प्रधानमन्त्रीको चीन भ्रमण धुमधामको गुमनाम : सांसद पन्त

नेपालखबर
असोज १४, २०८० आइतबार २०:१०, काठमाडौँ

नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चिन भ्रमण धुमधामको गुमनाम भएको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सांसद पन्तले प्रधानमन्त्रीले धुमधामसहित चीन भ्रमण गरेपनि उपलब्धिको हिसाबले गुमनाम भएको बताएका हुन्। 

चीन भ्रमणका क्रममा उल्लेखनीय कुनै सहमति हुन नसकेको र पुराना सहमतिहरु पनि कार्यान्वयन हुन नसकेको उनले बताए। उनले बीआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा पनि कुनै छलफल हुन नसक्नुले भ्रमण गुमनाम बनेको बताए।

‘जे–जे सहमति भएको छ, त्यसमा पहिल्यै भएका सहमती पनि सबै कार्यान्वयन हुने भएनन्। र नयाँ त केहीपनि भएनन्। ठोस उपलब्धी देखिनुपर्‍यो नि। उहाँले तिन, चारवटा बाटोको कुरा गर्नुभएको थियो, किमाथांका, कोशी करिडोर, पश्चिमको करिडोर। त्यो केहीपनि भएन,’ सांसद पन्तले भने, छकिमाथांकाबाट ट्रान्समिशन लाइनको कुरा गर्नुभएको थियो, त्यो पनि भएन। बीआरआईमा हस्ताक्षर भएन। मुख्यकुरा बीआरआईमा हस्ताक्षर गर्नुपथ्र्यो। त्यो केही पनि भएन। त्यसकारण चिन भ्रमण उहाँको गुमनाम भयो। धुमधामको गुमनाम भयो। उपलब्धि केही पनि भएन।’

उनले प्रधानमन्त्रीले फर्कनासाथ विमानस्थलमा भ्रमणको तयारीका कमी भएको अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले तयारीमा कमि हुँदाहुँदै किन भ्रमण गएको भन्ने प्रश्न समेत गरे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .