ad ad

राजनीति


नेविसंघका दुई समूहबीच झडप, दुई जना घाइते

नेविसंघका दुई समूहबीच झडप, दुई जना घाइते

नेपालखबर
माघ १३, २०७६ सोमबार ९:३९,

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका दुई समूहबीच झडप भएको छ। सोमबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौला पक्षधर विद्यार्थीबीच झडप भएको हो।

अनसन बसिरहेको सिटौला पक्षधर विद्यार्थी कुन्दनराज काफ्ले समूहमाथि सभापति देउवा पक्षका विद्यार्थीले आक्रमण गरेका हुन्। केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका र त्यस लगत्तै देउवा समूहका विद्यार्थीले आक्रमण गरेका थिए।

दुई पक्षबीच झडपमा इँटा र गमला हानाहान भएको थियो। झडपमा परी दुई विद्यार्थी नेता घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .