ad ad

राजनीति


सांसद सुवालको प्रश्न : मुलुकको कार्यकारी भूमिका विदेशीबाट सञ्चालन भइरहेको हो?

सांसद सुवालको प्रश्न : मुलुकको कार्यकारी भूमिका विदेशीबाट सञ्चालन भइरहेको हो?

नेपालखबर
असोज १६, २०८० मंगलबार १७:२७, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मुलुकको कार्यकारी भूमिका कुनै विदेशीबाट संचालन भइरहेको हो र? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्।

पछिल्लो पटक गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे आफूलाई थाहा नभएको प्रधानमन्त्री दाहालको अभिव्यक्ति उल्लेख गर्दै उनले प्रधानमन्त्री दाहाल मुलुकको कार्यकारी भूमिका नभएको सरह देखिएको जिकिर समेत गरे।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले प्रधानमन्त्री दाहालको संयुक्त राष्ट्र संघको महासभामा गरेको सम्बोधनप्रति पनि असन्तुष्टि जनाए। उनले विश्वका आम जनतामा एकता ल्याउने खालको सम्बोधन सो सभामा प्रधानमन्त्रीले राख्न नसकेको बताए

सांसद सुवालले भने, ‘प्रधानमन्त्रीजीले इन्धनको मूल्य वृद्धिबारे थाहा नभएको बताउनु भयो । आफूलाई यसरी थाहा नहुनुको अर्थ प्रधानमन्त्री कार्यकारी भूमिकामा नभएको सरह हो। स्वीकार गर्नु हो। के कुनै विदेशीबाट कार्यकारी भूमिका सञ्चालन भईरहेको हो र? प्रधानमन्त्रीजीले संयुक्त राष्ट्र संघको महासभाबारे संक्षिप्त जानकारी गराउनु भयो। तर, प्रधानमन्त्रीजीको सम्बोधनमा एक देशको समाजको नीति अर्कोमा लागू नहुने प्राथमिकतामा परम्परा, इतिहास, संस्कृति फरक हुने, बरु एक अर्कोबाट सिक्ने, अनुभव बाँडने र बुझ्ने, विश्वका जनतामा विभाजन होइन, एकतामा ल्याउनेबारे उल्लेख भएन।’

सांसद सुवालले राष्ट्र संघको महासभामा गरिव राष्ट्रको पक्षमा पनि प्रधानमन्त्री दाहालको सम्बोधन नआएको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .