ad ad

राजनीति


संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही होइन : सांसद पौडेल

संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही होइन : सांसद पौडेल

नेपालखबर
असोज १६, २०८० मंगलबार १८:५३, काठमाडौँ

नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले संसदमा गरेको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पौडेलले एमाले अध्यक्ष ओलीको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका हुन्। उनले ओली गणतन्त्र विरोधी भएको र आफूहरुले जनयुद्ध गरेकै कारण गणतन्त्र आएको भन्दै जनयुद्धको बिरोध गर्नु उपयुक्त नहुने पनि बताए। 

ओलीले संसदमा देवदुतले जस्तोगरी उपदेश दिने गरेको भन्दै उनले संसदीय गणितमा आफु अल्पमतमा परेको भावना मात्रै अभिव्यक्ति गर्ने गरेको उल्लेख गरे।

‘जतिबेला उहाँले नेपालमा गणतन्त्र सम्भव छैन। गणतन्त्रको यात्रा गर्नु भनेको बयलगाढा चढेर अमेरिका जाने हो भन्ने कुरा गर्नुहुन्थ्यो त्यही बेलामा नेपालमा राजतन्त्रको अन्त्य सम्भव छ। संविधान सभाबाट संविधान बन्नुपर्छ। नेपालको राज्य प्रणाली संघीयता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र हुनुपर्छ भनेर हामी आन्दोलनमा थियौँ। त्यो आन्दोलनलाई निकै नकारात्मक रुपमा उहाँले चित्रण गर्नुभयो,’ सांसद पौडेलले भने, ‘भगवानले पठाएको देवदुत जस्तोगरी उहाँहरूले उपदेश दिने गर्नुुहुन्छ बेलाबखत। यो निरन्तरताको शैली बाहेक केही होइन। कुनै भिजन, दृष्टिकोण भन्दापनि गणितमा आफु अल्पमतमा परेको र सरकार सञ्चालन गर्न नपाएको भावनाको प्रकटीकरण हो। संसदमा गणित नपुगेको असन्तुष्टिको पोको हो। त्यसको आक्रोश बाहेक केही होइन।’

उनले संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही नभएको टिप्पणी समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .