ad ad

राजनीति


खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकारसँग छलफल गर्नेछु : माधवकुमार नेपाल

खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकारसँग छलफल गर्नेछु : माधवकुमार नेपाल

नेपालखबर
असोज २०, २०८० शनिबार १८:१२, काठमाडौँ

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलकुद विश्वविद्यालय स्थापनाका लागि आफूले सरकारसँग छलफल गर्ने बताएका छन्।

पार्टी निकट नेपाल खुलकुद महासंघ समाजवादीले शनिवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै खेलकुद क्षेत्र मुलुकको इज्जत, मान र प्रतिष्ठानसँग जोडिएकाले त्यसको विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताए।

उनले खेल क्षेत्रको विकासका लागि विशेष ध्यान दिन स्थानीय सरकारहरुलाई पनि आग्रह गरे। 

तलैदेखि खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सके खेलाडीहरुको टिम राम्रो बन्ने अध्यक्ष नेपालको भनाई थियो। उनले खेलाडीहरुलाई हौसला प्रदान गर्ने, उनीहरुलाई प्रोत्साहित गर्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए।

‘खेललाई अगाडि बढाउने सन्दर्भमा ७५३ वटा पालिकाहरुले, सबै पालिकाहरुले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता छ। यसलाई प्रोत्साहन दिनुपर्ने आवश्यक्ता छ। अनि वडावडा पनि स्कुलमा खेलाडीहरुलाई विद्यालय तहको खेललाई अगाडि बढाउनका लागि सहयोग गर्नुपर्छ,’ अध्यक्ष नेपालले भने, ‘हौसला दिनुपर्छ, प्रोत्साहित गर्नुपर्छ। यसरी मात्रै हामीले राम्रो खेलाडीको टिम बनाउन सक्छौं। तपाईहरूले उठाउनुभएको छ विश्वविद्यालयको स्थापना। छुट्टै हस्पिटलको व्यवस्था। यी सबै खेलाडीहरूको हकहितका लागि हो। त्यसमा सरकारसँग छलफल गरौँला।’

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खेलकुद क्षेत्रको पूर्वाधार विकासमा सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .