ad ad

राजनीति


राजावादीसँग सवाल–जवाफ गरेर पुग्दैन, दलहरू सच्चिनुपर्छ : रघुजी पन्त

राजावादीसँग सवाल–जवाफ गरेर पुग्दैन, दलहरू सच्चिनुपर्छ : रघुजी पन्त

नेपालखबर
असोज २१, २०८० आइतबार १८:५२, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले राजनीतिक दलहरु सच्चिनुपर्ने बताएका छन्।

गणतन्त्रबिरुद्ध बोल्ने राजावादीहरुसँग सवालजवाफ गर्ने भन्दा पनि गल्ती गर्ने राजनीतिक दल र त्यसका नेताहरू सच्चिएर अघि बढनुपर्ने उनको भनाई थियो।

आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पन्तले राजनीतिक दलहरुले जनतालाई पुनर्विश्वास दिलाउनुपर्ने धारणा समेत राखे।

उनले भने, ‘राजावादीहरुसँग सवालजवाफ गरेर मात्रै पुग्दैन। लोकतन्त्रमा हामीले आफू सच्चिनुपर्छ। जो गल्ती गरेका छन्, ती नेताहरू सच्चिनुपर्छ। पार्टीहरुले सच्चिनुु पर्छ। दलहरूजनताको छेउमा जानुपर्छ। दलहरूले जनतालाई पुनर्विश्वास दिलाउनुपर्ने आवश्यक्ता छ।’

सांसद पन्तले राजनीतिक दलहरुले जनताको बीचमा जाने कामलाई तिब्रता दिनुपर्ने पनि बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .