ad ad

राजनीति


सर्वदलीय बैठकमा एमालेले भन्यो– इजरायल घटनामा सरकार सन्तुलित भएर प्रस्तुत होस्

सर्वदलीय बैठकमा एमालेले भन्यो– इजरायल घटनामा सरकार सन्तुलित भएर प्रस्तुत होस्

नेपालखबर
असोज २२, २०८० सोमबार १९:१, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले इजरायलमा भएको हमास समूहको आक्रमणको विषयमा सन्तुलित भएर प्रस्तुत हुन सरकारलाई सुझाव दिएको छ। 

सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा एमालेले सो सुझाव दिएको हो। 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जिओ पोलिटिक्सलाई ध्यानमा राखेर कदम चाल्न सरकारलाई सुझाव दिएको जानकारी दिए। 

‘सरकारले अत्यन्त सन्तुलित ढंगले प्रस्तुत हुनुपर्छ। असन्तुलित ढंगले प्रस्तुत हुन हुँदैन। हाम्रो देशको जिओ पोलिटिकल सन्सेटिभिटिलाई लिएर कदम चाल्नुपर्छ,’ उनले सञ्चारकर्मीहरूसँग भने

सरकारले समन्वयनकारी भूमिका लिओस् भन्ने आफूहरूको भनाइ रहेको पोखरेलले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .