ad ad

राजनीति


रास्वपाका मंगलबार राखिएका सबै पूर्व निर्धारित कार्यक्रम स्थगित

रास्वपाका मंगलबार राखिएका सबै पूर्व निर्धारित कार्यक्रम स्थगित

नेपालखबर
असोज २२, २०८० सोमबार २१:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि मंगलबारका राखिएका सम्पूर्ण पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गरेको छ।

इजरायलमा भएको विद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीले अनाहकमा ज्यान गुमाउनुपरेको राष्ट्रिय शोकको अवस्था भएकाले यस्तो निर्णय गरिएको दलका  प्रमुख सचेतक सन्तोष परियारले बताए।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले इजरायलमा अझै धेरै नेपालीहरू घाइते र उद्दारको पर्खाइमा रहेकोले तत्काल उद्वाका लागि कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ। 

इजरायलको घटनाले सम्पूर्ण नेपालीहरू शोकमा परेको बताउँदै  राष्ट्रिय स्वतन्त्र पार्टीले यो घटनाको घोर भर्त्सना गर्ने निर्णय गरेको पनि परियारले बताए।

प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकमा पार्टी सभापतिले घटनामा मृत्यु भएका र घाइते तथा अलपत्र परेकाहरुको उद्वारमा सरकारलाई महत्त्वपूर्ण सुझाव दिदै ईजरायलमा रहेका नेपालीहरूको सुरक्षाका विषयमा ध्यानाकर्षण गराएको पनि परियारले बताए।

साथै पार्टीले यही असोज २९ र ३० गते नीति मन्थन कार्यशाला गर्ने निर्णय पनि गरेको छ।

सभापति लामिछानेले इजरायलको घटनाका घाइते, इजरायलमा रहेका अधिकारकर्मी तथा इजरायलका लागि नेपाली  राजदुत कान्ता रिजालसँग जुम मिटिङ गरेर उद्दारमा भएको प्रयास र त्यहाँको अवस्था बुझेर असुरक्षित रहेका नेपालीको तत्काल उद्दार गरी सुरक्षित स्थानमा स्थानन्तरण गर्ने व्यवस्था मिलाउन निर्देशन समेत दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .