ad ad

राजनीति


व्यक्तिगत, पार्टीगत रूपमा इजरायल भ्रमण नगर्नुहोला : परराष्ट्रमन्त्री साउद

व्यक्तिगत, पार्टीगत रूपमा इजरायल भ्रमण नगर्नुहोला : परराष्ट्रमन्त्री साउद

नेपालखबर
असोज २३, २०८० मंगलबार ११:५३, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन्। 

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीको अवस्थाबारे संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन्। 

मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिककरण नगर्न पनि आग्रह गरे।  

‘अवस्था संवेदनशील छ। त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,’ उनले भने,  ‘यो अवस्थालाई राजनीतिकरण नगरौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .