ad ad

राजनीति


इजरायलमा निधन भएका नेपालीको शव यथाशिघ्र ल्याउन संसदीय समितिको निर्देशन

इजरायलमा निधन भएका नेपालीको शव यथाशिघ्र ल्याउन संसदीय समितिको निर्देशन

फाइल फोटो


नेपालखबर
असोज २३, २०८० मंगलबार १३:१, काठमाडौँ

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ।

मंगलवार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाइतेहरूको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरुको तत्काल खोजि गर्न र अफ्ठ्यारोमा परेका नेपालीहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिए।

उनले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरुलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शिघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिए।

समितिले भविष्यमा हुने यस्ताखाले घटनाको पूर्व आकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा नेपालीहरुको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिएको छ।

समितिले विदेशस्थित कुटनीतिक नियोगहरुलाई श्रोत, साधनसहित सक्षम बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .