ad ad

खेल


हाङजाओ एसियाड : स्वदेश फर्किए पदक विजेता खेलाडी

हाङजाओ एसियाड : स्वदेश फर्किए पदक विजेता खेलाडी

नेपालखबर
असोज २३, २०८० मंगलबार १३:१८, काठमाडौँ

चीनको हाङजाओमा सम्पन्न १९ औं एसियाली खेलकुदमा पदक विजेता नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ। 

आइतबार हाङजाओमा सम्पन्न एसियन गेम्समा नेपालले १ रजत र १ कास्य पदक जितेको थियो। 

पदक विजेता टोलीका खेलाडी, प्रशिक्षक र अफिसियल आज स्वदेश फर्किएका हुन्। 

एसियाडमा करातेकी एरिका गुरुङले रजत र महिला कवड्डी टोलीले कास्य पदक जितेको थियो। 

एसियाडमा कराते र कवड्डीले पहिलो पटक पदक जितेका हुन्। एरिकाले महिला ६८ केजी तौल समूहमा रजत पदक जित्दै इतिहास रचिन्। 

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक विजेता टोलीलाई नगर परिक्रमा गराउँदै सम्मान गर्ने भने पनि इजरायलमा भएको हिंसामा १० नेपालीले ज्यान गुमाएपछि नगर परिक्रमा कार्यक्रम भने स्थगित गरिएको छ। 

यद्यपी राखेपले त्रिपुरेश्वरस्थित परिषद्मा सम्मान गर्ने भने जनाएको छ। 

यो पटकको एसियाडमा नेपालका २९ खेलका २ सय ५३ खेलाडीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .