सरकारले इजरायलमा रहेका नेपाली राजदूत लगायतका कर्मचारी पनि बंकरमा बसेर काम गरिरहेको बताएको छ। परराष्ट्र मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले राजदूत लगायतका कर्मचारी बंकरमा बसेर काम गरिरहेको जानकारी दिइन्।
साथै, युद्ध भएकोले बाहिर निस्किने स्वीकृति नभएको जानकारी आएको पनि उनले बताइन्।
बेपत्ता रहेको विपिन जोशीको हकमा विभिन्न अस्पतालमा उनको तस्बिर र पोसपोर्टको फोटोकपी देखाएर पत्ता लगाउने कोसिस भइरहेको उनले जानकारी दिइन्।
मृत्यु भएका नेपालीको शव हस्तान्तरणका लागि इजरायल सरकारलाई अनुरोध गरिएको उनले बताइन्।
तर दबाब नै दिनुपर्ने अवस्था चाहिँ नभएको उनले बताएकी छन्।
27
Shares
प्रतिक्रिया