ad ad

राजनीति


अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी संकल्प प्रस्ताव स्वीकृत

अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी संकल्प प्रस्ताव स्वीकृत

नेपालखबर
असोज २७, २०८० शनिबार ५:४४, काठमाडौँ

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत गरेको छ ।

अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत

सांसद सांसद प्रकाश पन्थले संकल्प प्रस्ताव पेस गर्दै त्यसको औचित्य र कारणबारे जानकारी गराएका थिए ।उनले कानुनमा अपांगता भएका व्यक्तिप्रति विभेद हुने व्यवस्थाको अध्ययन गर्नुपर्नेमा जोड दिए। 

उनले उक्त व्यवस्था यथाशीघ्र खारेज, संशोधन वा नयाँ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिन आग्रह गरे।

सांसद पन्थले अपांगता भएका व्यक्तिका लागि अवरोधमुक्त तथा मर्यादित जीवनयापनका लागि संविधान तथा कानुनप्रदत्त मौलिक हक तथा नेपाल पक्ष रहेको अपांगता अधिकारसम्बन्धी महासन्धिले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन गर्नु राज्यका सबै निकायको दायित्त्व भएको बताए।

प्रस्तावमा अपांगता भएका व्यक्तिको सशक्तीकरण, विकास र अधिकारको कार्यान्वयनको अनुगमन, अध्ययन तथा अनुसन्धान, योजना तथा नीतिनिर्माणमा सहयोग, अपांगताका सवालमा काम गर्न सबै किसिमका अपांगता समूहको प्रतिनिधित्त्व हुनेगरी अधिकार सम्पन्न अपांगता अधिकार प्रवर्द्धन प्रतिष्ठान वा आयोग स्थापना गर्न माग गरिएको छ।

प्रस्तुत प्रस्तावका समर्थक शारदादेवी भट्ट, सिंहबहादुर विश्वकर्मा, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, खिमलाल देवकोटा, गंगाकुमारी बेल्वासे, रमेशजंग रायमाझी, वामदेव गौतम, विमल घिमिरे, दिलकुमारी रावल थापा, विना पोखरेल, देवेन्द्र दाहाल, महेशकुमार महरा, समित्रा विसी, तुलसाकुमारी दाहाल, डा.विमला राई पौडेलले प्रस्तावका विविध पक्षबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

यसैगरी, बैठकले राष्ट्रियसभा नियमावली संशोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव पारित गरेको छ।

सांसद रमेशजंग रायमाझीले प्रस्तुत गरेको राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरिएको हो।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन’ पेस गरेकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .