संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई मातृशोक परेको छ।
लेटाङ–६ गुवाबारी निवासी लिम्बुकी आमा हंसनुमा लिम्बूको १०१ वर्षको उमेरमा शुक्रबार आफ्नै निवासमा निधन भएको हो।
उनको पार्थिव शरीर लिम्बु संस्कारअनुसार शुक्रबार दिउँसो लेटाङ घाटमा दाहसंस्कार गरिएको छ।
मन्त्री लिम्बु नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद हुन्।
24
Shares
प्रतिक्रिया