ad ad

राजनीति


नयाँ हुँ भन्ने राजनीतिक दलहरूले आफूलाई पुष्टि गरेर देखाउनुपर्छ : विश्वप्रकाश शर्मा

नयाँ हुँ भन्ने राजनीतिक दलहरूले आफूलाई पुष्टि गरेर देखाउनुपर्छ : विश्वप्रकाश शर्मा

नेपालखबर
असोज २७, २०८० शनिबार १८:३१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरुले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने तर्क गरे।

दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कुनै राजनीतिक दल पुरानो हुँदैमा सक्कियो भन्न नमिल्ने बताए।

उनले मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरू एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए।

‘कसैले भन्दैगर्दा पुरानाका दिन गए। पुराना धर्म शास्त्र पनि हो। पुराना चाँही यो धर्ती पनि हो। पुराना भन्ने चीज त्यति सजिलै जाँदैन। नयाँ भन्ने पनि मितिले भनेर हुँदैन। विश्वप्रकाश संसदमा पहिलो पटक छ, नयाँ हो,’ उनले भने, ‘तर, नयाँ हुँ भन्न मैले केही नयाँ गरेर पुष्टि गर्नु पर्छ। कुनै दलले पनि, व्यक्तिले पनि नयाँ जन्म मितिले भनेर मात्रै पुग्दैन। नयाँ चाँही प्रवृत्तिमा, संस्कृतिमा हुन्छ। कुनै राजनीतिक दल पुराना हुँदैमा, हामी आफैंमा बिदाइ पनि हुन्नौं। र, शक्तिमा, सरकामा छौ भन्दैमा हामी सदैव सशक्त पनि हुँदैनौं।’

महामन्त्री शर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई अघि बढाउनुपर्ने बताए। माओवादी केन्द्रका नेता राम कार्कीले मुलुकमा समाजवादको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि एकतावद्ध भएर अघि बढन कांग्रेस–कम्युनिष्ट पार्टीहरूलाई आग्रह गरे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र सकिन लागेको भन्दै त्यसलाई बलियो बनाउन पनि समाजवादका पक्षधर राजनीतिक पार्टीहरू जुर्मुराएर उठनुपर्ने बताए। नेता कार्कीले भने, ‘हाम्रो धर्म निरपेक्षता, हाम्रो संघीय प्रजातन्त्र, हाम्रो समावेशी प्रजातन्त्र र हाम्रो गणतन्त्र नियाउरो भएर, रुन्चे भएर, पिलन्धरे भएर सकिन लागेको छ। हाम्रो राजनीतिक संस्कृति रुन्चे भएको कारणले गर्दा प्रतिगामीहरू कस्सिएर आएका छन्। उनीहरूको आँट बढेको छ। अब एकचोटी यो बाँकि रहेका कम्युनिष्टहरू र समाजवाद मान्ने कांग्रेसहरू एकचोटी जुर्मुराउने हो भने, नया तरिकाले आफूलाई अघि बढाउने हो भने विकल्प फेरी पनि समाजवादनै हो। नेपाली समाजको विकल्प भनेको समाजवाद मात्रै हुन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .