माइक्रोसफ्टले कल अफ ड्युटी नामक भिडिओ गेम निर्माता कम्पनी एक्टिभिजन ब्लिजार्ड किनेको छ। यो गेमिङ इतिहासकै सबैभन्दा ठूलो सम्झौता हो।
माइक्रोसफ्टले ६९ अर्ब डलरमा एक्टिभिजन खरिद गरेको हो।
सुरुमा सो कम्पनी किन्ने माइक्रोसफ्टको प्रयासलाई बेलायतको नियामक निकायले रोकिदिएको थियो। पछि सम्झौता पुनर्संचरना गरेपछि अनुमति दिएको हो।
एक्सबक्स गेमिङ माइक्रोसफ्टकै स्वामित्वमा छ।
माइक्रोसफ्टले एक्टिभिजनलाई प्रतिसेयर ९५ डलर तिर्ने भएको छ। यससँगै एक्टिभिजनका सीईओ बबी कोटिकले ४० करोड डलर हात पार्ने भएका छन् भने अध्यक्ष ब्रायन केलीले १० करोड डलर।
यो खरिदसँगै एक्सबक्सको माग बढ्ने अपेक्षा माइक्रोसफ्टले गरेको छ।
अब एक्टिभिजनको स्टुडिओ, जो मोबाइल गेम विकासमा केन्द्रित छ, पनि माइक्रोसफ्टले हात पार्नेछ। जसले क्यान्डी क्रसजस्ता गेम बनाएको थियो।
यससँगै गेमिङ उद्योगमा नाइनटेन्डोलाई उछिनेर तेस्रो स्थानमा उक्लिन माइक्रोसफ्ट सफल हुने विश्वास गरिएको छ। यो उद्योगमा सबैभन्दा अगाडि टेनसेन्ट र त्यसपछि सोनी छन्। एजेन्सी
Shares
प्रतिक्रिया