ad ad

राजनीति


मेरै प्रस्तावमा एकैपटक देशको राष्ट्रपति, सभामुख र प्रधान्यायाधीश महिला बने : प्रचण्ड

मेरै प्रस्तावमा एकैपटक देशको राष्ट्रपति, सभामुख र प्रधान्यायाधीश महिला बने : प्रचण्ड

नेपालखबर
असोज २८, २०८० आइतबार १४:२२, काठमाडौँ

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आफ्नै प्रस्तावमा देशको राष्ट्रपति, सभामुख र प्रधान्यायाधीश महिला भएको दाबी गरेका छन्। 

गणतन्त्र स्थापनापछि तीनजना महिलालाई एकैपटक दृशको उच्च तहमा बनाउन आफूले भूमिका खेलेको प्रधानमन्त्री प्रचण्डले बताए। 

चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि देशको राष्ट्रपति, प्रधानन्यायाधी र सभामुख एकैसाथ महिला हुने, मैले यो पटक पटक भन्दै आएको छु पनि। यी तीनवटैलाई मैले बनाएको हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरै प्रस्तावमा राष्ट्रपति पनि सभामुख पनि प्रधानन्यायाधीश पनि नियुक्त हुनुभएको हो।’

साथै, उनले सत्ता गठबन्धनले गरेको राम्रा कामहरू देख्न नसकेर एकथरी मान्छेहरू कोशी प्रदेशमा षड्यन्त्र गर्न लागेको बताए।

‘अहिले भर्खरै कोशी प्रदेशमा जुन राजनीतिक परिदृश्य देखिएको छ, यही गठबन्धनले राम्रो गरेको देख्न नसकेर एकथरी मान्छेहरू यहाँभित्र खेल्न सकिन्छ कि भनेर, यहाँभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भनेर योजना अन्तर्गत ती कामहरू भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने। 

सो षडयन्त्रलाई कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग छलफल गरेर सहमति गरिएको उनले बताए। 

वर्तमान सरकारले क्रान्तिकारी कदम चालेको उनको भनाइ थियो।

‘भारत भ्रमणको क्रममा होस् वा राष्ट्रसंघको सम्मेलन, महासभा र चीनमा जे जस्ता सझदारी भएका छन् त्यसले नेपालको स्वतन्त्रता र असंलग्न परराष्ट्र नीतिलाई नयाँ उचाइमा पुगेको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .