ad ad

राजनीति


दुई वर्ष नाघेका मुद्दा बाँकी रहन नदिने लक्ष्य छ : प्रधानन्यायाधीश श्रेष्ठ

दुई वर्ष नाघेका मुद्दा बाँकी रहन नदिने लक्ष्य छ : प्रधानन्यायाधीश श्रेष्ठ

नेपालखबर
असोज २८, २०८० आइतबार १७:३३, काठमाडौँ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारउन्मुख भइरहेको बताएका छन्।

छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्र बिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भइरहेको उनको दाबी थियो।

आइतवार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सामूहिक प्रतिवद्धता, जिम्मेवारीप्रतिको समर्पण, लक्ष्यप्रतिको दृढ संकल्प र मेहनतले न्यायपालिकामा सुधारका स्पष्ट संकेतहरु समेत देखापर्न थालेको उल्लेख गर्दै त्यस कार्यमा संलग्न सबै पक्षप्रति आभार व्यक्त गरे।

प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘यहाँहरुलाई थाहा छ–अहिले न्यायपालिका स्वभाविक लयमा हिँड्न थालेको छ। र, सुधारको मार्गमा उन्मुख भईरहेको छ। छिटो, छरितो र गु्णस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जन आस्था अभिवृद्धिलाई केन्द्र विन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर छ। सामूहिक प्रतिवद्धता, जिम्मेवारीप्रतिको सम्र्पण, लक्ष्यप्रतिको दृढ संकल्प, र मेहनतले सुधारका रुपष्ट संकेतहरु समेत देखा पर्न थालेका छन्।’

उनले २ वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्यका साथ अदालतहरु क्रियाशील रहेको समेत बताए।

उनले थपे, ‘२ वर्ष नाघेका मुद्धालाई बाँकि रहन नदिने लक्ष्यमा साथ अदालतहरु क्रियाशील रहेका छन्।’

प्रधानन्यायाधीश श्रेष्ठले उच्च अदालत पाटनमा बनेको नवनिर्मित भवनले गुणस्तरीय सेवा प्रवाहमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उच्च अदालत पाटनको कामकारबाहीप्रति आफूहरु खुशी रहेको बताए। उनले सो अदालतको चौतारोलगायतका भौतिक पूर्वाधार निर्माण पनि महानगरपालिका तयार रहेको बताए।

मेयर महर्जनले उच्च अदालत पाटनको भवन निर्माण कार्य समयमै सम्पन्न भएको भन्दै सम्बन्धित पक्षलाई धन्यवाद समेत दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .