ad ad

राजनीति


विश्वभर जहाँ पुगे पनि एकपटककाे नेपाली सधैँकाे नेपाली : राष्ट्रपति

विश्वभर जहाँ पुगे पनि एकपटककाे नेपाली सधैँकाे नेपाली : राष्ट्रपति

तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज ३०, २०८० मंगलबार १२:१८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले एक पटकका नेपाली विश्वका जुनसुकै देशमा पुगेपनि नेपाली नै हुने बताएका छन्। 

गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले एनआरएनले नेपालको अर्थतन्त्र सन्तुलनमा राख्न सहयोग पुर्याइरहेको बताए। 

नेपालको जलविद्युतको विश्वमा निर्यात गर्न र नेपालमा विश्वभरबाट पर्यटक भित्र्याउन एनआरएनएले योगदान गर्न सक्ने पौडेलको भनाई थियो। उनले नेपालको संस्कृतिलाई विदेशमा फैलाउन एनआरएनएले सहयोग गर्नुपर्नेमा जोड दिए।

‘एनआरएनएहरुले विदेशमा विकासित नयाँ प्रविधी नेपाल भित्राइ योगदान गर्न सक्छन्,’ राष्ट्रपति पौडेलले भने। 

कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतोले राष्ट्र समृद्ध बनाउने उद्देश्यले एनआरएनएको स्थापना भएको बताए।

उनले अब पनि सहमतिकै आधारमा संस्थाको नेतृत्व चयन गर्नुर्पेमा पनि जोड दिए। 

गैर आवासीय नेपाली संघकी अध्यक्ष रविना थापाले ३ अध्यक्ष हुँदापनि सहमतिमै संस्था सञ्चालन गरेको बताइन्। 

अध्यक्ष कुल आचार्यले नागरिकताको मागलाई सरकारले सम्बोधन गरेकोमा खुसी व्यक्त गरे। उनले अब गैर आवासीय नेपालीले पनि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गर्नु पर्ने बताए। उनले आफू जन्मे हुर्केको ठाउँको माटो बिक्री नगर्न पनि आग्रह गरे।

एनआरएनएका कार्यकारी अध्यक्ष  डा.बद्री केसीले एक पटकको नेपाली सधैंको नेपाली रहेको प्रमाणीत हुनेगरी नागरिकता वितरण भएकोमा खुसी व्यक्त गरे। 

उनले १० अर्बको नेपाल डेभलपमेन्ट फण्ड सञ्चालन गर्न कार्यविधि बन्न बाँकी रहेको जानकारी दिए। वैदेशिक रोजगारीमा गएका नेपालीले सहजै पासपोर्ट पाउने व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष तथा संस्थापकहरुलाई सम्मान गरिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .