ad ad

राजनीति


एमाले छाडेर आम जनता पार्टीमा प्रवेश गरेपछि मौलापुरकी मेयर रिनाकुमारी साह पदमुक्त

एमाले छाडेर आम जनता पार्टीमा प्रवेश गरेपछि मौलापुरकी मेयर रिनाकुमारी साह पदमुक्त

फाइल तस्बिर


नेपालखबर
असोज ३०, २०८० मंगलबार १३:२९, काठमाडौँ

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त भएकी छन्। 

३० वैशाख २०७९मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर चुनावमा विजयी भएकी साहले एमाले परित्याग गरेपछि उनी पदमुक्त भएकी हुन्।

निर्वाचन आयोगले साह पदमुक्त भएको सूचनामार्फत् जानकारी दिएको छ। 

साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन्। उनले पार्टी त्याग गरेको जानकारी एमालेले निर्वाचन आयोगलाई गराएपछि आयोगले साहलाई पदमुक्त गरेको हो। 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनका उमेदवार रामप्रवेश यादवलाई दोब्बर मतान्तरले पछि पार्दै साह मौलापुर नगरपालिकाको मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित भएकी थिइन्।  

साहले ५५५६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ४५ सय २ मत प्राप्त गरेका थिए।  

‘नेकपा एमालेको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रौतहट जिल्ला, मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्ने र सोही नियमको उपनियम (३) बमोजिम सूचना प्रकाशन भएपछि त्यस्ता सदस्यको पद स्वतः रिक्त हुने भनी आयोगबाट मिति २०६०/०६/२९ गते निर्णय भएको हुँदा यो सूचना प्रकाशन गरिएको छ,’ आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

हेर्नुहाेस निर्वाचन आयोगकाे सूचना


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .