ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त

फाइल तस्बिर : रूपक सापकोटा


नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १३:८, काठमाडौँ

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन्। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले शुक्रबार नेपालखबरलाइ जानकारी दिए। 

सापकोटा प्रचण्डसँगै चीन भ्रमणमा गएका थिए। सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन्। 

रूपक पूर्वसभामुख तथा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाका छोरा हुन्। 

उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय पढाउँछन्। साथै उनी त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय समिति सदस्य पनि हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .