ad ad

राजनीति


कात्तिक २२ गते युरोप भ्रमणमा निस्कँदै राष्ट्रपति, के-के छन् कार्यक्रम?

कात्तिक २२ गते युरोप भ्रमणमा निस्कँदै राष्ट्रपति, के-के छन् कार्यक्रम?

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १८:८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली राष्ट्र फ्रान्स र जर्मनीको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्र स्रोतका अनुसार राष्ट्रपति पौडेल कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यसूची रहेको छ।

पौडेल कात्तिक २४ र २५ गते फ्रान्सको पेरिसस्थित ‘पेरिस पिस फोरम’को कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। 

उक्त सम्मेलनमा धेरै देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख, व्यवसायी, विकास बैंक, फाउन्डेन र एनजीओका प्रतिनिधि सहभागी हुने बताइएको छ।

उक्त सम्मेलनमा सहभागी भएर राष्ट्रपति पौडेल त्यहीँबाट जर्मनी जानेछन्।

जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरको औपचारिक निमन्त्रणमा उनी त्यसतर्फ जान लागेको स्रोतले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .