ad ad

समाज


होटलमा बेहोस भएर ढलेका अधिकारीको उपचारका क्रममा मृत्यु

होटलमा बेहोस भएर ढलेका अधिकारीको उपचारका क्रममा मृत्यु

वाशुदेव मिश्र
माघ १५, २०७६ बुधबार ११:१९,

 पोखराको पृथ्वीचोकको एक होटलमा बेहोस भएका पोखरा महानगरपालिका–३३, बागमाराका दामोदर अधिकारीको उपचारको क्रममा मृत्यु भएको छ।

धौलागिरी म्याग्दी होटलमा बास बसेका ६० वर्षीय अधिकारी बुधबार अचानक ढलेपछि उपचारको लागि चरक अस्पताल लगिएको थियो।

उनको उपचारकै क्रममा मध्यान्न १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै बुधबार नै स्याङ्जाको आँधीखोला गाउँपालिका–६,पातिखोलामा कुवामा डुबेर एकजनाको ज्यान गएको छ।

कुवामा नुहाउन गएका पर्वत फलेबासका भीम चापागाइँ लामो समयसम्म नफर्केपछि गएर हेर्दा डुबेको अवस्थामा भेटिएका थिए।

उनी स्थानीय होमनाथ ढकालको घराम पाहुना आएका थिए। उपचारको लागि स्याङ्जा अस्पताल लैजाँदा त्यहाँ डाक्टरले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .