ad ad

राजनीति


संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नुहुँदैन : अध्यक्ष नेपाल

संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नुहुँदैन : अध्यक्ष नेपाल

नेपालखबर
कात्तिक ११, २०८० शनिबार १८:३०, काठमाडौँ

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताएका छन्।

शनिबार नेपाली काँग्रेस पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताएका हुन्।

उनले युद्धलाई टुंग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी कामहरु हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए। अब सो विषयलाई टुंग्याउन ढिला गर्नु नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको महासचिव नेपाल भ्रमणमा आएको बेलामा सकारात्मक सन्देश दिएर पठाउनुपर्ने उनले बताए।

‘वास्तवमा धेरै ढिलो भयो। जसरी हामीले एकदम छोटो समयमा युद्धलाई टुंग्याउने र शान्तिको प्रक्रियामा या राजनीतिक मुल प्रवाहमा ल्याउने काममा हामी सफल भएका थियौँ। त्यसैगरी त्यससँग जोडिएका जम्मै विषयवस्तुहरू, द्वन्द्व व्यवस्थापनका सम्पूर्ण विषयवस्तुहरू, संक्रमणकालीन न्यायसँग जोडिएका सबै विषयवस्तुहरुलाई छिटो टुंग्याउनु पर्दथ्यो,’ उनले भने, ‘त्यसमा ढिलाइ भएको छ। अब धेरै ढिला गर्नु हुँदैन। संयुक्त राष्ट्रसंघको महासचिव आउनु भएको यो बेलामा हामीले सकारात्मक सन्देश दिएर पठाउनुपर्छ।’

अध्यक्ष नेपालले पुराना राजनीतिक दलहरू विभिन्न परीक्षामा जाँचिएर आएका उल्लेख गर्दै आफूहरू पुनः अग्नि परीक्षामा जाँचिन तयार रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .