ad ad

राजनीति


१५ वर्षपछि यूएनका महासचिव नेपालमा, संयोग दुवैपटक प्रधानमन्त्री प्रचण्ड

१५ वर्षपछि यूएनका महासचिव नेपालमा, संयोग दुवैपटक प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
कात्तिक १२, २०८० आइतबार १५:२८, काठमाडौँ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस चार दिने नेपाल भ्रमणमा छन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा आइतबार बिहान १ बजे नेपाल उत्रिएका हुन्।

उनलाई प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा स्वागत गरे। 

प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डल र यूएन महासचिवसहितको प्रतिनिधि मण्डलबीच दुईपक्षीय छलफल भएको छ।

छलफलमा शान्ति प्रक्रिया, इजरायल–हमास द्वन्द्व लगायतका विषयमा कुराकानी भएको भेटपछि पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ।

संयोग कस्तो छ भने सन् २००८ मा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन नेपाल भ्रमणमा आएका थिए।

त्यसबेला पनि प्रधानमन्त्री प्रचण्ड नै थिए। वान कि मुनको नेपाल भ्रमण लगत्तै नेपालको सेना समायोजन र हतियार व्यवस्थापनको काम सम्पन्न भएको थियो।

यसपटक महासचिव गुटरेसको नेपालको भ्रमणले नेपालको शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वासको प्रधानमन्त्री प्रचण्डको छ।

वान कि मुनलाई पनि प्रचण्डले नै नेपाल भ्रमणको निम्तो दिएका थिए। 

यसपटक संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला प्रधानमन्त्री प्रचण्डले गुटरेसलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .