ad ad

राजनीति


संसद्‌मा गुटेरेसको सम्बोधन : भोलिसम्म तयारी पूरा हुने, अनुवादबारे वैकल्पिक व्यवस्थाको प्रयास

नियमित बैठकजस्तै अभिलेख राखिने
संसद्‌मा गुटेरेसको सम्बोधन : भोलिसम्म तयारी पूरा हुने, अनुवादबारे वैकल्पिक व्यवस्थाको प्रयास

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १९:३०, काठमाडौँ

संघीय संसद् सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकको तयारी तीव्र पारेको छ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलवार (भोलि) दिउँसो ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन्। 

यसका लागि संघीय संसद् सचिवालयले तयारी तीव्र बनाएका हो।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। उनले मंगलबार(भोलि) बिहान १० बजेसम्ममा सम्पूर्ण व्यवस्थापकिय तयारी पूरा भइसक्ने जानकारी दिए।

‘तयारीहरू अन्तिम चरणमा पुगिसकेको अवस्था छ। अधिवेशन चलिरहेको अवस्था भएकोले सबै सिस्टमहरू रि–चेक गर्ने काम भएको छ। अन्य व्यवस्थापनका कामहरु पनि आवश्यकता अनुसार भइ नै रहेका छन्,’ उनले भने, ‘भोलि १० बजेसम्म सबै, जे–जे गर्नुपर्ने हो खासगरी साजसज्जा लगायतका सबै कुराहरू सक्किइसक्छ।’

उनले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने पनि बताए। बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेको उनले जानकारी दिए।

गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने उनले बताए।

‘संसद्को अभ्यासअनुसार बैठक प्रारम्भ हुन्छ। दुवै सभाको संयुक्त बैठक सञ्चालन नियमावलीले तोके बमोजिम बैठक सञ्चालन हुन्छ। सभामुखले अध्यक्षता गर्दै बैठक सञ्चालन गर्नुहुन्छ,’ उनले भने, ‘राष्ट्रिय सभा अध्यक्ष पनि त्यहीँ नै हुनुहुन्छ। बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिवले आफ्नो सम्बोधन राख्नुहुन्छ। सम्बोधन राखिसकेपछि भोलि बस्ने सोही बैठकले नै धन्यवाद ज्ञापन प्रस्ताव समेत पारित गरेर बैठक अन्त्य हुन्छ।’

प्रवक्ता गिरीले महासचिव गुटेरेसको सम्बोधनलाई संसद बैठकमै तत्कालै अनुवाद गर्नसक्ने अवस्था नरहेको भन्दै वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको पनि जानकारी  दिए।

‘संसद्‌मा रोष्टमबाट बोलेको कुरो संसदमा त्यहीँ अगाडी नै रोष्टममा बसेर अनुवाद गरेर अगाडी जान सक्ने अवस्था देखिन्न। अन्य वैकल्पिक के गर्न सकिन्छ भनेर प्रयास गरिराखिएको छ। उत्तम विकल्प के हुनसक्छ भनेर छलफल भइरहेको छ। निष्कर्षमा पुगिसकिएको छैन,’ उनले भने।

उनले महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्ने स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .