ad ad

राजनीति


बाँकी हिमालको आरोहण खुला गरौँ : राष्ट्रपति

बाँकी हिमालको आरोहण खुला गरौँ : राष्ट्रपति

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १३:५९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेका अनगिन्ती हिमालमध्ये आरोहणका लागि अनुमति नभएका हिमाललाई तत्काल आरोहणको लागि खुला गर्नुपर्ने बताएका छन्।

बुधबार पर्वतारोहण संघको ५० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आरोहणको लागि खुला गर्न बाँकी हिमालहरुको आरोहण तत्काल खुला गर्न सरकारलाई आग्रह गरे।

सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्न दिएको जिम्मेवारी संघले सफलतापूर्वक पूरा गरेको पौडेलले बताए। 

उनले हिमाल आरोहणबाट प्राप्त आम्दानीलाई हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवद्र्धनमा खर्च गर्नुपर्नेमा जोड दिए। 

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एशियन अल्पाइन एसोसिएसन मार्फत् संघले कायम राखेको विश्वव्यापी सञ्जालले हाम्रो पर्वतीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए। 

पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनका लागि थप काम गर्न सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि उनले आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .