ad ad

राजनीति


‘संक्रमणकालीन न्यायका सम्बन्धमा मुख्य दलबीच समझदारी’

‘संक्रमणकालीन न्यायका सम्बन्धमा मुख्य दलबीच समझदारी’

फाइल फोटो


नेपालखबर
कात्तिक १५, २०८० बुधबार १७:२५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायका सम्बन्धनमा मुख्य दलबीच समझदारी जुटेको दाबी गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार विहान बालुवाटारमा छलफल गरेका प्रचण्डले समझदारी गरेको बताए।

एमालेले गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सरिक हुन अपरान्ह च्यासल पुगेका प्रचण्डले सञ्चारकर्मीसँग सो कुरा बताएका हुन्।

‘कांग्रेस सभापति, एमाले अध्यक्ष र म छलफलमा बसेका थियौं, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ,’ प्रचण्डले भने, ‘यो विषय छिट्टै टुंगिन्छ’ उनले भने।

संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता नागरिकको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) कतिपय प्रावधानमा दलबीच सहमति नजुट्दा संसद्मा पेस हुन सकेको छैन।

‘हामीले पीडितकेन्द्रित भएर कानुन बन्ने भनेर पटक–पटक भन्दै आएका छौं । विधेयकमा पनि त्यही छ,’ प्रधानमन्त्री प्रचण्डले थपे, ‘मैले जहिले पनि दलहरुलाई एकै स्थानमा ल्याउन पहल गरेको छु। आज बिहानको मिटिङ पनि त्यही पहल हो। त्यो सकारात्मक भएको छ। अस्ती कांग्रेसको शुभकामना र आज भएको कार्यक्रमले पार्टीहरुबीचमा सहमझदारी बनाउन राम्रो वातावरण बनेको छ।’

एमालेले टिआरसी संसदमा पेश गर्नुअघि ४ विषयमा समझदारी गर्नुपर्ने अडान लिइरहेको बेला प्रचण्डको पछिल्लो भनाई आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .