ad ad

राजनीति


देश टाइटनिक डुबे जस्तै डुब्दैछ : सीके राउत

देश टाइटनिक डुबे जस्तै डुब्दैछ : सीके राउत

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १५:४२, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले शीर्ष तहका नेताले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे।

प्रतिशोध साँध्नका लागि सरकारबाट कसैलाई पक्राउ गरिने कुरा राम्रो नभएको बताए।

उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए। अँध्यारो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौमसत्ता सम्पन्न भन्न नसकिने उनको तर्क छ।

चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको उनले बताए।

‘एउटा जनप्रतिनिधि आवाज उठाउँदा पक्राउ पर्छ भने यो देशमा कहाँ छ लोकतन्त्र? प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ पर्छ कोही भने यो देशमा जनताका लागि कहाँ छ लोकतन्त्र ?’ अध्यक्ष राउतले भने, ‘सत्ता पक्षकै माननीयज्यूको लागि यहाँ लोकतन्त्र छैन। आम जनताको लागि लोकतन्त्र कहाँ छ?’

अध्यक्ष राउतको आक्रोश छ, ‘संशोधन के हुने? कुन विधेयक पारित हुने त्यो त अँध्यारो कोठामा तीन जना नेताले गर्छन्। ती तीन नेता सार्वभौम सत्ता सम्पन्न भए की यो संसद्?’

संसद् यसरी नै चल्ने हो भने व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहेको उनले बताए।

‘३४ वर्षदेखि कहाँ पुगिसक्यो देश? त्यो हेरेका छैनौँ। तर नयाँ शक्तिलाई लक्षित गर्छौं। चियापान समारोहमा बोलाउँछौँ र त्यहाँ भन्छौँ यी नयाँलाई त हामी भष्म पार्दिन्छौँ भन्छौँ,’ राउत भन्छन्, ‘कस्तो खालको आक्रोश हो?’

नेताले, दलले आफ्नो समीक्षा गर्न सक्नुपर्ने राउत बताउँछन्। जनताबाट आवाज उठेपछि त्यो सुन्नुपर्ने उनको सुझाव छ।

विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेकाहरूले आफू सुरक्षित रूपमा टाइटनिक बोटमा जोगिइरहेको बताए।

‘देश टाइटनिक डुबे जस्तै डुब्दैछ। यो डुबाउने चालकहरू नै हुन्। जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेका छन्। आफू सुरक्षित रूपमा टाइटनिक बोटमा जोगिरहेका छन्,’ राउत भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .