ad ad

राजनीति


राष्ट्रपति पौडेलसँग चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव वाङ छुङछेङको भेटवार्ता

राष्ट्रपति पौडेलसँग चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव वाङ छुङछेङको भेटवार्ता

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १६:२४, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

सो भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले जाजरकोट भूकम्पपीडितका लागि चीन सरकार र चिनियाँ जनताको तर्फबाट प्राप्त सहयोगप्रति आभार प्रकट गरे।

नेपालको पाँचदिने भ्रमणका लागि बुधबार काठमाडौँ आएका वाङले यसअघि उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

अघिल्लो महिना प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा तिब्बतमा उनलाई वाङले नै स्वागत गरेका थिए।

भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले उनलाई नेपाल भ्रमण गर्न निम्तो दिएका थिए। सोही निम्तो स्वीकार गर्दै उनी नेपाल भ्रमणमा आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .