ad ad

राजनीति


गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री

गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १५:३१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पा मुहार परिवर्तन हुँदै गएको बताएका छन्।

शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘गणतन्त्र प्राप्तिको आन्दोलनमा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ। महान जनयुद्धको आधार इलाकाका रूपमा यस जिल्लाको भूमिका अग्रणी छ। त्यसैले गणतन्त्रपछिका १५ वर्षमा रोल्पा जिल्लालाई केन्द्र सरकारले उच्च महत्त्व दिएको छ। विकासका कामहरू अगाडि बढेका छन्। जिल्लाको मुहार फेरिँदैछ।’

सहिद स्मृति सडक निर्माण, कृषि सहयोग लगायतका कामलाई गम्भीरतापूर्वक लिएको प्रधानमन्त्री प्रचण्डले बताए।

‘तपाईंहरूले सहिद स्मृति सडक निर्माणको काम, कृषिका लागि सहयोग, उत्पादनमुलक नमुना कृषि प्रोजेक्ट लगायत जुन विषय उठाउनुभएको छ, ती महत्त्वपूर्ण छन्। त्यसलाई मैले गम्भीरतापूर्वक लिएको छु, पूरा गर्छु,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .