नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ। कांग्रेस केन्द्य्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा सभापति शेरबहादुर देउवाले लेखा समितिलाई पूर्णता दिएका हुन्।
समितिमा सभापति देउवालाई चार जना थप गर्दै पूर्णता दिएका हुन्। पार्टी विधानको धारा ३८(१) र २०७९ को केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम देउवाले चार जना सदस्य थप गरेका हुन्।
यसरी थप गरिएका सदस्यहरूमा दिलिप ढुंगाना (धनुषा), डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार सभापति देउवालाई पार्टी केन्द्रीय समितिले सदस्य मनोनयनको जिम्मेवारी दिएको थियो। सोही अनुसार देउवाले सोमबार चार सदस्य थप गरेका हुन्।
66
Shares
प्रतिक्रिया