ad ad

राजनीति


एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन माघ दोस्रो साता, अन्य निर्णय के–के? (भिडिओ)

एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन माघ दोस्रो साता, अन्य निर्णय के–के? (भिडिओ)

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १५:२७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले आगामी माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ। महाधिवेशनका लागि तोकिएको मितिमा एकीकृत समाजवादीले राष्ट्रिय सम्मेलन गर्न लागेको हो। 

सोमबार र मंगलबार बसेको पार्टीको ६९औँ सचिवालय बैठकले सो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

‘विधान अनुसार राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको छ। माघ १४ १५ गते राष्ट्रिय सम्मेलन हुँदैछ,’ उनले भनेर

खतिवडाका अनुसार मंसिर २८ र २९ गते सचिवालय बैठक बस्नेछ। त्यस्तै, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिटब्यूरो बैठक बस्ने निर्णय भएको पनि उनले बताए। 

त्यस्तै, पुस ११ र १२ गते केन्द्रीय कमिटीको बैठक बस्ने पनि उनले बताए। ​

सचिवालय बैठकले राष्ट्रिय सम्मेलनमा विधानको बारेमा छलफल गर्नका लागि कार्यदल बनाएको छ। कार्यदलमा बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सदस्य रहेको खतिवडाले जानकारी दिए। 

राष्ट्रिय सम्मेलनको व्यवस्थापन गर्ने जिम्मेवारी गंगालाल तुलाधार, जीवनराम श्रेष्ठ, सावित्रा भुसाल, केदार सन्जेल र कृष्ण लम्सालाई जिम्मेवारी प्रदान गरिएको पनि उनले बताए।

त्यस्तै, राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदा गर्नका लागि २७ सदस्यीय मस्यौदा कमिटी गठन भएको छ। उक्त कमिटी अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा बनेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .