सिंहदरबार प्रवेशका लागि दक्षिण गेटसहितका गेटहरुमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँचमा कडाइ गरिएको हो। असन्तुष्ट समूहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बहिर्गमित लडाकुहरूले प्रदर्शन गर्नसक्ने अशंकालाई लिएर प्रहरीले सिंहदरबार प्रवेशमा सुरक्षा कडा बनाएको हो।
सिंहदरबार भित्र छिर्ने सवारी साधन र पैदल यात्रुहरुलाई चेकजाँच गरिएको छ। प्रहरीले सवारी साधन तथा झोला चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ।
60
Shares
प्रतिक्रिया