सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिग्देललाई रथीमा बढुवाका लागि प्रस्ताव गरेका थिए।
रक्षामन्त्री पूर्णबहादुर खड्का विदेशमा रहेको बेला सिग्देल रथीमा बढुवा भएका हुन्।
उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री खड्का संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन घाना गएका छन्। उनी शनिबार मात्रै स्वदेश फर्किने कार्यक्रम छ।
सिग्देललाई रथीमा बढुवाको लागि नेपाली सेनाकाे बढुवा समितिले रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो।
नेपाली सेनाका भावी प्रमुखका रूपमा हेरिएका सिग्देलको जन्म मितिसम्बन्धी कागजात विवादास्पद देखिएका छन्।
जन्म मितिसम्बन्धी विवादित कागजात छानबिनै नगरी जंगी अड्डाले सिग्देललाई भावी प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी पदमा बढुवाका लागि सिफारिससहितको फाइल रक्षा मन्त्रालयमा पठाएको थियो।
यस्तै विवाद बेहोरेपछि बढुवाको मुखैमा पुगेर उपरथी ताराध्वज पाण्डेले प्रधानसेनापतिको दौड नै त्यागेका थिए।
Shares
प्रतिक्रिया