माओवादी केन्द्रको मधेश प्रदेश संसदीय दलको सचेतकमा जवाहरलाल कुशवाहा चयन भएका छन्।
प्रदेश संसदीय दलको बैठकले कुशवाहालाई सचेतक चयन गरेको माओवादी केन्द्र मधेश संसदीय दलका नेता भरत साहले जानकारी दिए।
कुशवाहा गएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ (क)बाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका थिए।
लामो समय कांग्रेसको राजनीति गरेका कुशवाहा चुनावअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए। तर, चुनावमा माओवादी केन्द्रले टिकट नदिएपछि कुशवाहा स्वतन्त्रबाट उम्मेद्वार बनेका थिए।
स्वतन्त्रबाट चुनाव जितेपछि उनी पुनः माओवादी केन्द्रमै प्रवेश गरेका थिए।
258
Shares
प्रतिक्रिया