नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनलाई लिएर आक्रोश पोखेका छन्।
मध्यपहाडी संकल्प यात्राका क्रममा बिहीबार पर्वतको कुश्मामा आयोजित सन्देशसभालाई सम्बोधनका क्रममा उनले नेपाल कसैको बिर्ता नभएको पनि टिप्पणी गरे।
‘पहिचानवादको नाममा भ्रममा पार्ने, फाटो पार्ने काम हुँदैछ। १ नम्बरमा कोशी प्रदेश साझा नाम राखियो’, उनले भने, ‘पृष्ठभूमिको नाम चाहियो भनेर विदेशबाट सञ्चालित, लोकतन्त्र हुन नदिने, अशान्ति फैलाउने, अरुको स्वार्थ पूर्ति गर्ने तत्व लागिपरेका छन्।’
उनले पहिचानवादीका नाममा भएको आन्दोलित केही समूहले एमालेलाई कोशी प्रदेशका छिर्न दिन्नौँ भनेको कुराको पनि जवाफ दिए।
‘कोशीमा प्रवेश गर्न दिन्नौँ भनेका छन्। नेकपा एमाले कहाँ जान पाउने, नपाउने भन्ने हुँदैन। नेपालको जमिन कसैको बिर्ता होइन’, उनले भने, ‘तोडफोड गर्छु, आक्रमण गर्छु भन्ने आतंककारी कुरा नगरे हुन्छ। यो बुद्धि फेरिहाल। होइन भने सकिन्छौँ। कत्राकत्रा क्रान्ति त समाप्त भए। यस्ता गतिविधि नगर्दा राम्रो हुन्छ।’
Shares
प्रतिक्रिया