ad ad

राजनीति


कोशीका पहिचानवादीलाई एमालेको आग्रह : मध्यपहाडी समृद्धि यात्रामा अवरोध नगर्नू

कोशीका पहिचानवादीलाई एमालेको आग्रह : मध्यपहाडी समृद्धि यात्रामा अवरोध नगर्नू

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार ११:२९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेको कोशी प्रदेश कमिटीले मध्यपहाडी लोकमार्गमा गर्दै आएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा अवरोध नगर्न पहिचानवादीहरूलाई आग्रह गरेको छ।

विराटनगरमा प्रदेशको प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गर्दै एमालेले कोशी नामकरणसँग असन्तुष्ट पक्षलाई आफूहरुको अभियानमा अवरोध नगर्न भनेको हो।

मंसिर १४ गतेदेखि सुरु भएको अभियान मंसिर २६ गतेबाट कोशी प्रदेशमा प्रवेश गर्नेछ। तर, एमालेको यो अभियानलाई अवरोध गर्न पहिचान पक्षधरले बन्द घोषणा गरेका छन्।

एमालेका सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठले नामकरणबारे सबै दल बसेर छलफल गर्ने कुरामा एमाले तयार रहेको बताए। 

एमालेका नेता-कर्याकर्तालाई कुटपिट र अवरोध गरेर पहिचान प्राप्त नहुने भन्दै उनले कार्यक्रमलाई अवरोध नगर्न भनेका हुन्। नामबारेमा एमाले एक्लैले निर्णय नगरेको  बताउँदै उनले अहिले कांग्रेस र माओवादी नै सत्तामा रहेको जनाएका छन्। 

राष्ट्रिय अभियानलाई पहिचानवादीले अवरोध गर्नुपर्ने कुनै कारण नभएको बताउँदै समृद्धिको अभियानमा सहयोग गर्नुपर्ने उनले बताए। 

यस्तै एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले नामको विषयलाई लिएर एमालेलाई गाली र आक्रमण गर्न खोज्नु गलत भएको बताए। 

नामकरणबारे आन्दोलनलाई प्रदेश सभामा केन्द्रीत गर्न राईले आग्रह गर्दै त्यहीबाट समाधान निस्किने उनले बताए।

एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले मंसिर २६ गते पुस २ गते सम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको बताए। कोशी प्रदेशमा भोजपुर, उदयपुरको घुर्मी, तेर्हथुमको बसन्तपुर, र पाँचथरको फिदिममा सभा हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .