ad ad

राजनीति


एमालेको यात्रा बिथोल्न उत्रिएका गोपाल किरातीसहित आन्दोलनकारी पक्राउ

एमालेको यात्रा बिथोल्न उत्रिएका गोपाल किरातीसहित आन्दोलनकारी पक्राउ

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८० मंगलबार १२:५२, काठमाडौँ

कोशी प्रदेशको विरोधमा आन्दोलित पहिचनावादीको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ।

नेकपा माओवादी केन्द्रका पूर्व नेता गोपाल किरातीसहितलाई प्रहरीले पक्राउ गरेको छ।

नेकपा एमालेको मध्यपहाडी अभियानमा अवरोध गर्ने गरी आन्दोलनमा उत्रिएर प्रदेश बन्द गराउँदै हिँडेका उनीहरूलाई खोटाङ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काका अनुसार बन्द गराउँदै सवारी साधनलाई अवरोधमा उत्रिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। 

प्रमुख प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचानको नाममा आन्दोलन थालिएको हो।

एमालेको अभियान रामेछापको मन्थली हुँदै मंगलबार सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको हर्कपुरतिर प्रवेश गरिरहँदा पहिचनावादी आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले पूर्वनिर्धारित कार्यक्रम भन्दै एमालेको कार्यक्रमलाई अवरोध प्रयास गरेका छन्। एमालेको कार्यक्रमलाई प्रभावित गर्ने गरी बन्दसमेत गर्दै हिँडेको समूह प्रहरीको नियन्त्रणमा परेको हो। 

उता भोजपुमा पहिचानवादीहरूको सङ्घर्ष समिति संयोजक बिदुर राईलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

आन्दोलनमा उत्रिएका नेता कार्यकर्तालाई धरपकड गरेपछि पहिचानवादीहरूले जेल भराउ अभिायन चलाउने चेतावनी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .