नेकपा एमालेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान खोटाङबाट भोजपुर छिरेको छ।
बुधबार बिहान खोटाङ सदरमुकाम दिक्तेलबाट अभियान भोजपुर प्रवेश गरेको हो।
एमालेको टोलीलाई ढोल झ्याम्टासहित स्वागत गरिएको छ। भोजपुर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली किराती भेषमा सजिए।
भोजपुरको चखेवा भन्ज्याङमा ढोल झ्याम्टासहित स्वागत यात्रामा रहेका ओलीसहितको टोलीलाई एमालेका भोजपुर अध्यक्ष शरण राईसहितले स्वागत गरेका छन्।
किराती पहिरनमा भोजपुर पुगेका ओलीलाई स्थानीयले ढोल, झ्याम्टासहितका बाजागाजाले स्वागत गरे। यात्रामा सहभागीलाई स्वागत गर्न गाउँ गाउँबाट सर्वसाधारण भेला भएका थिए।
33
Shares
प्रतिक्रिया