ad ad

राजनीति


प्रधानमन्त्रीको आह्वानमा चौमासिक समीक्षा बैठक बस्दै, लगत्तै मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीको आह्वानमा चौमासिक समीक्षा बैठक बस्दै, लगत्तै मन्त्रिपरिषद् बैठक

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १०:८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौमासिक समीक्षा बैठक बोलाएका छन्। 

बिहीबार दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री प्रचण्डले समीक्षा बैठक बोलाएका हुन्। 

बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। 

चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनाको समीक्षाकाे लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। 

समीक्षा बैठक लगत्तै प्रधानमन्त्री प्रचण्डले आजै दिउँसो तीन बजे मन्त्रीपरिषद् बैठक पनि बोलाएका छन्। 

आजको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिवमा सेवा लम्साललाई नियुक्ति गर्ने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .