नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
शुक्रबार दिउँसो बयान लिइसकेपछि विभागले धरौटी माग गरेको हो।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ठगी गरेको अभियोग लागेर थुनामा गएका उनलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी मागेको थियो।
तर शुक्रबार सम्पत्ति शुद्धीकरणले उनीसँग १५ लाख मात्रै धरौटी मागेको हो। उच्च अदालत पाटनको बिहीबार आदेशअनुसार उनले ३० लाख धरौटी बुझाएपछि सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइएको थियो।
मागिएको १५ लाख रुपैयाँ धरौटी खाणले बुझाइसकेको विभागका महानिर्देशक पुष्पराज शाहीले जानकारी दिए।
सम्पत्ति शुद्धीकरणबाट निस्किएपछि अब खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरिनेछ। यदि अख्तियारले पनि धरौटी मात्रै लिए खाण यो प्रकरणबाट थुनामुक्त हुनेछन्।
Shares
प्रतिक्रिया