ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ओखरपौवाका जनतालाई काठमाडौँ उपत्यकाका मानिसले पाप दिएजस्तो भएको भन्दै त्यसो गर्न नहुने बताएका छन्।
सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दीर्घकालीन रूपमा काठमाडौँ उपत्यकाको फोहोर चाँडो व्यवस्थापन गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा बोल्दै मेयर महर्जनले सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताएका छन्।
सम्पदाका रूपमा रहेका सहरका मन्दिर तथा देवालयहरू टेन्डरबाट काम सम्पन्न हुन धेरै समय लाग्ने उनको तर्क छ।
‘सम्पदाका रूपमा रहेका सहरका मन्दिर, देवालयहरू टेन्डरबाट काम गर्दा केही हुँदैन। सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग नगरी बनाएका मन्दिरहरू छिटो बनेका छन्,’ मेयर महर्जनको आग्रह छ, ‘सार्वजनिक खरिद ऐन लगाए कुनै पनि मन्दिर बन्दैनन्। सम्पदा क्षेत्र निर्माणका लागि सार्वजनिक खरिद ऐन नलगाइदिनुस् ।’
ललितपुरका तीन ठाउँमा बन्न लागेका फ्लाइओभर सबै एक चरणमा बनाउनुपर्नेमा मेयर महर्जनले जोड दिए।
Shares
प्रतिक्रिया